• ट्रेण्डिङ:

करेन्ट लागेर विधुत प्राधिकरणका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु 

करेन्ट लागेर विधुत प्राधिकरणका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु 

रोदिक खबर

१९, भाद्र २०७९
  • 2.3K
    SHARES
  • करेन्ट लागेर विधुत प्राधिकरणका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु 

    खोटाङ । करेन्ट लागेर नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु भएको छ । विगत आठ÷नौ वर्षदेखि दैनिक ज्यालादारी प्राविधिकको रुपमा काम गर्दै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नबिन्द्र राईको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको हो । 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा छापगाउँमा विद्युत मर्मतपछि भ¥याङ ठड्याएर हिँड्नेक्रममा भ¥याङले ११ केभी प्रशारण लाइनको तार छुनपुग्दा राईलाई करेन्ट लागेको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए । करेन्ट लागेपछि गम्भीर घाईते भएका राईको बुइपास्थित सनराइज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थप उपचारका लागि अन्य लैजाने तयारी हुँदाहुँदै राईलाई मृत घोषणा गरिएको थियो । 

    अवरुद्ध विद्युत सुचारु गराउन र जलेको ट्रान्सफर्मर हेर्नका लागि राई सहित चार प्राविधिकको टोली बुइपा छापगाउँ पुगेका थिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ । ‘काम गर्दागर्दै करेन्ट लागेको होईन । काम सकेर विद्युत चालु भएपछि भ¥याङ बोकेर हिँड्नेक्रममा भ¥याङले हाइटेन्सन छुन पुग्दा करेन्ट लागेको हो,’ प्रमुख रेग्मीले भने, ‘विद्युत मर्मत गर्न र जलेको ट्रान्सफर्मर हेर्न चार जना कर्मचारी खटिएको थियो ।’ 

    करेन्ट लाग्दा २४ घण्टा नपुग्दै जिल्लाका दुई जनाले ज्यान गुमाएका छन् । स्थानीय नाखामखोला लघुजलविद्युत आयोजनाको पोलमा चढेर जम्पर जोड्नेक्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३६ वर्षीय प्रकाश राईको शनिबार राती मृत्यु भएको थियो । 

    प्रकाशित मिति :भाद्र १९, २०७९ आइतवार - २२:०५:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको