• ट्रेण्डिङ:

विज्ञापन बोर्डको सदस्यमा अधिकारी नियुक्त

विज्ञापन बोर्डको सदस्यमा अधिकारी नियुक्त

रोदिक खबर

२, आश्विन २०७९
  • 2.4K
    SHARES
  • विज्ञापन बोर्डको सदस्यमा  अधिकारी नियुक्त

    काठमाडौं । विज्ञापन बोर्डको सदस्यमा सुनसरीका पवन अधिकारी नियुक्त भएका छन् । सरकारको मन्त्रिस्तरीय निर्णयबाट अधिकारीलाई बोर्डको सदस्य नियुक्त गरिएको हो । अधिकारीलाई बोर्डको सदस्यमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाले जारी गरेको सूचनामा उल्लेख छ ।

    भदौ ३१ गतेको मन्त्रिस्तरीय निर्णयले चार वर्षका लागि विज्ञापन ऐन, २०७६ को दफा १४ को उपदफा ९१० को खण्ड ९ङ० बमोजिम अधिकारीलाई सदस्यमा नियुक्त गरेको हो । अधिकारी नेपाल विज्ञापन संघ प्रदेश १ का अध्यक्ष हुन् । उनी नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष समेत छन् ।
    बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं हुन् ।

    प्रकाशित मिति :आश्विन २, २०७९ आइतवार - १७:३८:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको