खोटाङ । खोटाङमा संविधान दिवस २०७९ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको अध्यक्षतामा आइतबार बसेको बैठकले संविधान दिवसको महत्व बढाऔँ’, ‘घर घरमा राष्ट्रिय झण्डा फहराऔँ, दीपावली गरौँ’ भन्ने नाराका साथ संविधान दिवसको अवसरमा असोज ३ गते बिहान सरसफाई र साँझ सबै कार्यालयहरुमा दीपावली गरेर संविधान दिवस मनाउने निर्णय भएको छ ।
बैठकले लोकसेवा आयोगदेखि जिल्ला प्रशासन आसपासको प्रशासनिक क्षेत्र, अल्छेढुंगादेखि जिल्ला अस्पतालको गेटसम्मको सडक र हाँटडाँडादेखि कालिका भगवतीसम्म सिढी सरसफाई तथा मन्दिर आसपास सरसफाई गर्ने निर्णय गरेको जनाइएको छ ।
साँझमा आ–आफ्नो कार्यालयमा दीपावली गरी सम्पूर्ण जनताहरुलाई दीपावली गर्न आव्हान गर्ने निर्णय भएको जिसस प्रमुख राईले बताए