बिहिवार, कार्तिक १३ गते २०८३

विद्युत महसुल नबुझाउने खोटाङका ग्राहकको लाइन काटिदै

विद्युत महसुल नबुझाउने खोटाङका ग्राहकको लाइन काटिदै

रोदिक खबर

२, आश्विन २०७९
  • 3.2K
    SHARES
  • विद्युत महसुल नबुझाउने खोटाङका ग्राहकको लाइन काटिदै

    विद्युत महसुल नबुझाउने खोटाङका ग्राहकको लाइन काटिने भएको छ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले सूचना जारी गर्दै महसुल नतिर्ने ग्राहकको लाइन असोज ४ देखि ७ गतेसम्म धमाधम काटिने जनाएको छ ।  

    soochana.webp

    ‘नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल संकलन विनियमावलीमा मिटर रिडिङ गरेको ६० औँ दिनसम्म विद्युत महसुल नबुझाएमा विना सूचना जुनसुकै समयमा लाइन काटिने व्यवस्था छ । सोही व्यवस्था बमोजिम समयमै महसुल नबुझाउने ग्राहकको लाइन धमाधम काटिने छ ।’ सूचनामा लेखिएको छ । 

    मिटर रिडिङ भएको ७ दिन भित्र महसुल बुझाउनेलाई २ प्रतिशत छुट समेत रहेको प्राधिकरणले जनाएको छ । महसुल अनलाइनबाट पनि बुझाउन मिल्ने व्यवस्था नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले गरेको छ ।

    प्रकाशित मिति :आश्विन २, २०७९ आइतवार - २१:२९:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको