• ट्रेण्डिङ:

संविधान दिवसको अवसरमा खोटाङ कारागारबाट पाँच जना कैदी रिहा

संविधान दिवसको अवसरमा खोटाङ कारागारबाट पाँच जना कैदी रिहा

रोदिक खबर

३, आश्विन २०७९
  • 3.6K
    SHARES
  • संविधान दिवसको अवसरमा खोटाङ कारागारबाट पाँच जना कैदी रिहा

                                                     सांकेतिक तस्विर

    खोटाङ । संविधान दिवसका अवसरमा खोटाङ कारागारबाट पाँच जना कैदबन्दी रिहा भएका छन् । सदरमुकाम दिक्तेलस्थित कारागारमा विभिन्न घटनामा सजाय पाएर जेल जीवन विताइरहेका पाँच जना कैदी बन्दीलाई आम माफी दिई सोमवार रिहा गरिएको हो ।

    ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीबन्दीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियमअनुसार उनीहरुलाई कैद मिनाहा गरिएको निमित्त जेलर सोमप्रसाद आचार्यले जानकारी दिए ।

    रिहा हुनेहरुमा कर्तव्य ज्यान मुद्दाका भक्तबहादुर राई र रत्नबहादुर थापा रहेका छन् । यस्तै, ज्यान मार्ने उद्योगका धनबहादुर राई, हातहतिया मुद्दाका मनकाजी राई र सवारी ज्यान मुुद्दाका भविन बस्नेत रहेका आचार्यले बताए । कारागारमा जेल जीवन बिताइरहेका कैदी बन्दीमध्ये सवैभन्दा राम्रो आचरण भएको कैदीलाई आममाफी दिने चलन छ । यिनीहरूको अचारणमा सुधार आएको र कैद भुक्तान गर्न थोरै समय रहेकोले उनीहरूलाई कारागारबाट रिहाइ गरिएको

    संविधान दिवसको अवसरमा खोटाङका पाँच सँगै राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा र २१ जनालाई सजाय माफी दिएकी हुन् ।

    प्रकाशित मिति :आश्विन ३, २०७९ सोमवार - १०:४४:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको