खोटाङ । खोटाङमा संविधान दिवस २०७९ विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला समन्वय समिति खोटाङको आयोजनामा सोमबार बिहान सरसफाई गर्दै संविधान दिवस मनाइएको छ । साँझ सबै कार्यालयहरुमा दीपावली गरिने जनाइएको छ ।

लोकसेवा आयोगदेखि जिल्ला प्रशासन आसपासको प्रशासनिक क्षेत्र, अल्छेढुंगादेखि जिल्ला अस्पतालको गेटसम्मको सडक र हाँटडाँडादेखि कालिका भगवतीसम्म सिढी सरसफाई तथा मन्दिर आसपास सरसफाई गर्दै संविधान दिवस मानइएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।


सरसफाई कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

साँझमा आ–आफ्नो कार्यालयमा दीपावली गरी सम्पूर्ण जनताहरुलाई दीपावली गर्न आव्हान गरिएको जिसस प्रमुख राईको भनाईछ ।





