खोटाङ । अरिंगालको टोकाईबाट खोटाङमा एकको मृत्यु भएको छ । बिच्किएको अरिंगालको टोकाईबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २७ वर्षीय बिनोद ठटालको मृत्यु भएको हो ।
बिहिबार बिहान बाटोमा हिँडिरहेको अवस्थामा अरिंगालले टोकेपछि गम्भीर भएका ठटालको घट्नास्थलमै मृत्यु भएको वडाध्यक्ष महेन्द्र राईले बताए । ठटाल सुस्त मनोस्थितिका थिए ।
शरीरभरी अरिंगालले टोकेका उनको अस्पताल लैजान नपाउँदै भएको हो । अरिंगाल खनिएर टोक्न थालेपछि कहालिएका ठटाललाई जोगाउन जाँदा उनका बाजे नैनसिं दर्जी र आफन्त सर्मिला नेपालीलाई पनि अरिंगालले टोकेर घाइते बनाएको छ ।
जिल्ला अस्पतालमा उपचारपछि सर्मिला घर फर्किसकेकी छन् । दर्जीको भने उपचार भइरहेको छ । घट्नास्थल आसपासमा अरिंगालको माउ घुमिरहेको देखिएकाले गोलो काढेका कारण बिच्किएर टोकेको अनुमान गरिएको वडाध्यक्ष राईले बताए ।