• ट्रेण्डिङ:

खोटाङमा यसरी मनाइयो ६७ औं प्रहरी दिवस

खोटाङमा यसरी मनाइयो ६७ औं प्रहरी दिवस

रोदिक खबर

३१, आश्विन २०७९
  • 2.5K
    SHARES
  • खोटाङमा यसरी मनाइयो ६७ औं प्रहरी दिवस

    आज असोज ३१ अर्थात नेपालको प्रहरी इतिहासमा महत्वपूर्ण दिन । विक्रम संवत २०१२ असोज ३१ गते प्रहरी ऐन–२०१२ मा लालमोहर लागेको दिनको सम्झनामा प्रत्येक वर्ष आजकै दिन प्रहरी दिवस मनाउने गरिन्छ ।

    नेपालमा पहिलो प्रहरी ऐन लागू भएको ६७ वर्ष पुगेको उपलक्ष्यमा देशभर ६७ औं प्रहरी दिवस मनाइएको छ । यसै दिनको स्मरणमा जिल्ला प्रहरी कार्यालय खोटाङले पनि दिक्तेलमा ६७ औँ प्रहरी दिवस मनाएको छ ।

    police1.jpg

    जिल्ला प्रहरी कार्यालय खोटाङले ६७ औं प्रहरी दिवसको अवसरमा अमर प्रहरीका परिवारलाई सम्मान, भेट्रान टेवलटेनिस प्रतियोगिता तथा हाजिरी जवाफ प्रतियोगितामा विजयी प्रहरी खेलाडीहरुलाई पुरस्कार वितरण, जग्गादातालाई सम्मान, एसईई परीक्षा उत्कृष्ट अंक ल्याउने छात्रालाई पुरस्कृत, रत्तदान, वृक्षरोपण, सरसफाई लगायतका कार्यक्रम गरी प्रहरी दिवसमनाएको प्रहरी नायव उपरिक्षक प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए । 

    police1.jpg

    यस्तै, ६७ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले अमर प्रहरीका परिवारलाई सम्मान गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय दिक्तेलमा अमर प्रहरीका तीन परिवारलाई दोसल्ला ओढाई सम्मान गरेको हो ।

    प्रहरीको काम कर्तव्य पालना गर्ने क्रममा २०७६ असार २५ गते भोजपुरमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका संजीव राईको श्रीमती नमुना राई र बुबा शेर बहादुर राईलाई प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाईले दोसल्ला ओढाई सम्मान गर्दै नगद पुरस्कार प्रदान गरेका हुन् । 

    pol.jpg

    सम्मान तथा पुरस्कार ग्रहणका लागि आमा र बाजे (हजुरबुबा) सँगै संजिवका दुई छोरा प्रहरी कार्यालय दिक्तेलमा आएका थिए । स्वर्गीय संजीवका श्रीमती नमुना अमर प्रहरीहरुमा श्रद्धाञ्जली अर्पण गर्ने समय र पुरस्कार ग्रहणका समयमा भावविव्हल भएकी थिईन् । उनको आँखाभरी आँसु देखिएको थियो । 

    दिक्तेल रुपाकोट मझुवागढी नगरापालिका–१ दिक्तेल आचार्य गाउँका अमर प्रहरी जयप्रसाद आचार्य र दिक्तेल अस्पताल चोकका अमर प्रहरी नवराज ठाकुरका आमालाई सम्मान गरिएको छ । अमर प्रहरी आचार्यकी आमा कमलादेबी आचार्य र ठाकुरका आमा सरस्वतीदेवीलाई दोसल्ला ओढाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

     

    यस्तै, जिल्ला प्रहरी कार्यालयको नाममा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा निःशुल्क तीन रोपनी जग्गादान गर्ने स्थानीय रोहिणीप्रसाद अधिकारीलाई कदर पत्रले सम्मान गरिएको छ ।

    अपराध अनुसन्धानतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी जवान सुनिल राई पुरस्कृत भएका छन् ।

    dsp-manjil-scaled.webpप्रहरी दिवसकै अवसरमा आन्तरिक भेट्रान टेवलटेनिस प्रतियोगितामा प्रथम हुने प्रहरी हवल्दार रिक्ष कटवाल र दोश्रो हुने वरिष्ठ हवल्दार प्रकाशयोङ पाङदेन तथा खुल्ला टेवल टेनिस प्रतियोगितामा प्रथम हुने प्रहरी जवान रामजी बस्नेत र दोश्रो हुने सहायक हवल्दार प्रेमबहादुर बस्नेतलाई पुरस्कार प्रदान गरिएको छ ।

     

    आन्तरिक हाजिरीजवाफ प्रतियोगितामा पहिलो हुने जिल्ला प्रहरी कार्यालय ‘क’, दोश्रो हुने जिल्ला प्रहरी कार्यालय ‘ख’ र तेश्रो हुने इलाका प्रहरी कार्यालय खोटाङबजारलाई पनि पुरस्कार प्रदान गरिएको प्रहरीले जनाएको छ ।

    प्रदेश नं. १ प्रदेश प्रहरी कल्याण कोषद्धारा प्रदान गरिने उत्कृष्ट जेहेन्दार छात्र/छात्रा प्रोत्साहन कार्यक्रमअन्तर्गत २०७८ सालको एसईई परीक्षामा उच्च अंक प्राप्त गर्ने प्रहरी सन्ततिको रुपमा छनौट भएका छात्रा सुजता राय क्षेत्रीलाई दशहजार नगद र प्रमाण पत्र प्रदान गरिएको छ । क्षेत्रीले दिक्तेल बोर्डिङ स्कुलबाट एसईई दिएकी थिईन् ।

    sammaan-scaled.webp

    यसैविच, ६७ औं प्रहरी दिवसको अवसरमा रक्तदान गर्नेलाई प्रशंसा पत्र प्रदान गरिएको छ । प्रहरीले विभिन्न माध्यमबाट आफ्नो अभियानमा सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सम्मानपत्र प्रदान गरेको हो । 

    जग्गादाता, उत्कृष्ट प्रहरी, टेवल टेनिस र  हाजिरीजवाफ प्रतियोगिताका विजयीलाई प्रमुख जिल्ला अधिकारी सेडाई, प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङ, गोरखनाथ गण मुढे व्यारेकका सेनानी राजकुमार वुढाथोकी, सशस्त्र प्रहरी बल ७ नम्बर गुल्म हलेसी खोटाङका प्रहरी नायव उपरिक्षक श्याम रावत, जिल्ला न्यायाधिवक्ता संगिता न्यौपाने ढुङगेल, जिल्ला अदालतका श्रेष्तेदार रामाकान्त यादव, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका सभापति ज्ञानेन्द्र जोशीले पुरस्कार तथा कदर पत्र प्रदान गरेका थिए । 

    प्रकाशित मिति :आश्विन ३१, २०७९ सोमवार - २२:१३:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको