जिल्ला प्रहरी कार्यालयमा बालमैत्री कक्ष स्थापना गरिएको छ । बालमैत्री कक्षाको प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाईले उद्घाटन गरेका छन् । बालमैत्री कक्षमा बालबालिकाले अध्ययन गर्ने किताब राखिएको छ । भित्तामा विभिन्न ज्ञान दिने चित्रहरु कोरिएको छ ।

हिरासत बस्नुपर्ने अवस्थाका बालबालिकालाई समय कटाउन तथा शिक्षामा प्रेरणा जगाउने उद्देश्यले बालमैत्री कक्षाको स्थापना गरिएको प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए ।