• ट्रेण्डिङ:

रुखको मुढोले उछिट्याउँदा खोटाङमा एकको मृत्यु

रुखको मुढोले उछिट्याउँदा खोटाङमा एकको मृत्यु

रोदिक खबर

३, मंसिर २०७९
  • 2.6K
    SHARES
  • रुखको मुढोले उछिट्याउँदा खोटाङमा एकको मृत्यु

    खोटाङ । खोटाङमा दाउरा काट्नेक्रममा रुखको मुढोले उछिट्याउँदा एकको मृत्यु भएको छ । दाउराका लागि ढालेको रुखको मुढोले उछिट्याउँदा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ६१ वर्षीय रामकुमार राईको मृत्यु भएको हो ।

    ढालेको रुख टुक्राउने क्रममा फेदतिरको मुढोले उछिट्याउँदा करिब सात मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको पौवासेराका वडाध्यक्ष फौदराज राईले बताए । शवको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको छ ।

    प्रकाशित मिति :मंसिर ३, २०७९ शनिवार - ०८:११:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको