• ट्रेण्डिङ:

राहदानी वितरण अनिश्चितकालका लागि स्थगित

राहदानी वितरण अनिश्चितकालका लागि स्थगित

रोदिक खबर

१९, पौष २०७९
  • 2.4K
    SHARES
  • राहदानी वितरण अनिश्चितकालका लागि स्थगित

     राहदानी विभागले राहदानी वितरण स्थगित गरेको छ। सिस्टममा समस्या आएकाले अनिश्चितकालका लागि वितरण स्थगित गरिएको विभागले जनाएको छ। पुस १७ गतेदेखि नै सिस्टममा खराबी आई राहदानी छपाइ र वितरण अवरुद्ध हुन गएको विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन्।

    समस्या समाधानका लागि प्रयास भइरहे पनि समाधान हुन केही समय लाग्ने उनले बताइन्। तर‚ आवेदनका लागि समय लिइसकेका सेवाग्राहीहरूको भने बूक गरेको मिति र समयमा नै बायोमेट्रिक हुने विभागले जनाएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले भने आजै सचिवहरूलाई सार्वजनिक सेवा प्रवाह चुस्तदुरुस्त बनाउन निर्देशन दिएका छन्। शिक्षा, स्वास्थ्य, यातायात जस्ता आधारभूत सेवाका साथै राहादानी, सवारीचालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत कर बुझाउने जस्ता सेवामा भएको समस्या हटाई तत्काल महसूस हुने गरी काम गर्न निर्देशन दिएका छन्।

    rahadani.jpg

    प्रकाशित मिति :पौष १९, २०७९ मंगलवार - २०:१३:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको