• ट्रेण्डिङ:

ललितपुर महानगर प्रमुखलाई आक्रमणको धम्की दिने पक्राउ

ललितपुर महानगर प्रमुखलाई आक्रमणको धम्की दिने पक्राउ

रोदिक खबर

२१, भाद्र २०७७
  • 2.9K
    SHARES
  • ललितपुर महानगर प्रमुखलाई आक्रमणको धम्की दिने पक्राउ

    ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने सञ्जय शाक्य रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनीमाथि यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरेको र सोही क्रममा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिएको  आरोप छ ।

    उक्त घटनापछि फरार हुँदै आएका उनलाई आफन्तकहाँ लुकिछिपी बसेका अवस्थामा आज साँझ नक्खुबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । उनीसँगै उक्त घटनामा संलग्न १७ जनालाई पक्राउ गरिएको बताइएको छ  । अझै दुई जना फरार रहेकाले खोजी जारी रहेको जनाइएको छ ।

    निषेधाज्ञाको उल्लङ्घन गरी रथ तान्न थालेपछि प्रहरीले रोक्न खोज्दा त्यहाँ झडप भएको थियो । सोही क्रममा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेका थिए ।  

    उनीहरुलाई अभद्र व्यवहार र सङ्क्रामक रोग ऐन २०२० अन्तरगतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र २१, २०७७ आइतवार - २२:३१:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको