खोटाङ। नेपाल निजामती कर्मचारी युनियन खोटाङले प्रदेश सभा निर्वाचनमा खोटाङ प्रदेश ख बाट नवनिर्वाचित सांसद भुपेन्द्र राईलाई बधाई तथा सम्मान गरेको छ । युनियनले बिहीवार दिक्तेलमा एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद राईलाई बधाई तथा सम्मान गरेको हो ।
नेपाल निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष प्रकाश घिमिरेको सभापतित्वमा भएको बधाई तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं १ का प्रदेश सदस्य लोकेन्द्र राई, नेपाली कांग्रेस खोटाङका सदस्य टंकप्रसाद आचार्य, निजामती कर्मचारी युनियनका केन्दीय सदस्य अनिल आचार्य, निजामती कर्मचारी युनियनका केन्दीय सदस्य इरन राई लगायतले सम्बोधन गरेका थिए । उनीहरुले निर्वाचित सांसदको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए।