• ट्रेण्डिङ:

विकास निर्माणमा योगदान पुर्‍याएकोमा संविधान सभा सदस्य अर्जुन राईलाई सम्मान 

विकास निर्माणमा योगदान पुर्‍याएकोमा संविधान सभा सदस्य अर्जुन राईलाई सम्मान 

रोदिक खबर

२३, पौष २०७९
  • 5.7K
    SHARES
  • विकास निर्माणमा योगदान पुर्‍याएकोमा संविधान सभा सदस्य अर्जुन राईलाई सम्मान 

    खोटाङ, २३ पुस । खोटाङमा गाउँठाउँको विकास निर्माणमा योगदान पुर्‍याएको भन्दै संविधान सभा सदस्य अर्जुन राईलाई सम्मान गरिएको छ । लघुजलविद्युत, सिँचाई, खानेपानी लगायतका क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै संविधानसभा सदस्य राईलाई सेरालुङ्हछा उत्थान समितिले सम्मान गरेको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको साप्सु खोलामा शनिबार मेवा दोभान, साप्सु कालिका देबिस्थान लिफ्टिङ खानेपानी योजना शिलान्यासका क्रममा संविधानसभा सदस्य राईलाई फेटा ओढाएर सम्मान–पत्र सहित सम्मान गरिएको हो । 

    अन्धकारमा लघुजलविद्युत आयोजनामार्फत उज्यालो बालेको, खानेपानीको काकाकुल समस्या भएको ठाउँमा लिफ्टिङ खानेपानी योजना सुरु गराएको लगायतका योगदानको कदर स्वरुप सम्मान गरिएको सेरालुङ्हछा उत्थान समिति, लफ्याङका अध्यक्ष गिरीराज राईले बताए । संविधानसभा सदस्य राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले निवासी हुन् । 

    राप्रपाका नेता राईको पहलमा बनेको एक मेगावाटको मेवा खोला हाईड्रोपावर २०७३ मंसिरदेखि राष्ट्रिय प्रशारणमा जोडिएको थियो । हाल उनकै पहलमा ५४ करोड ६७ लाख ९० हजार ७१६ रुपैयाँको मेवा दोभान, साप्सु कालिका देबिस्थान लिफ्टिङ खानेपानी योजना सुरु गरिएको छ । सेरालुङ्हछा चाम्लिङ राईभित्रको एउटा पाछा हो । स्वयं संविधानसभा सदस्य राई सेरालुङ्हछा पाछाका हुन् । 

    प्रकाशित मिति :पौष २३, २०७९ शनिवार - २२:३१:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको