खोटाङ । नेपाल दशनामी समाज खोटाङको अध्ययक्षमा छत्र पुरी चयन भएका छन् । नेपाल दशनामी समाज खोटाङको आइतबार हलेसीमा सम्पन्न भएको तेस्रो जिल्ला अधिवेशनले पुरीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रमोदकुमार गिरी, सचिवमा भक्तबहादुर गिरी, कोषाध्यक्षमा रत्नबहादुर पुरी चयन भएका छन् भने सदस्यहरुमा नम्रता गिरी, सविता गिरी, शमशेर गिरी, कमल पुरी र ज्ञानबहादुर पुरी चयन भएको अमृत गिरीले जानकारी दिए ।
नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष रुद्र गिरीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा समाजका केन्द्रीय महासचिव तुलुसीराज गिरी, केन्द्रीय सचिव अशोक गिरी, केन्द्रीय सदस्य रामकुमार गिरी लगायतको उपस्थिति रहेको थियो ।
सोही अधिवेशनका अवशरमा खोटाङ जिल्लामा दशनामीबाट निर्वाचित जनप्रतिनिधि हलेसी तुवाचुङ नगरपालिका–७ का वडाध्यक्ष कमल गिरी, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका वडाध्यक्ष अर्जुनकुमार पुरी, जिल्लाका विभिन्न पालिकाका वडाबाट निर्वाचित वडा सदस्यहरु रत्नबहादुर पुरी, नन्दीकेशर वन, कृष्णकुमारी पुरी र खगेन्द्र गिरीलाई सम्मान गरिएको जनाइएको छ ।