• ट्रेण्डिङ:

हलेसी तुवाचुङ नगरपालिकाद्वारा राजापानीमा एकीकृत सेवा प्रवाह कार्यक्रम सञ्चालन

हलेसी तुवाचुङ नगरपालिकाद्वारा राजापानीमा एकीकृत सेवा प्रवाह कार्यक्रम सञ्चालन

रोदिक खबर

२५, पौष २०७९
  • 2.4K
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिकाद्वारा राजापानीमा एकीकृत सेवा प्रवाह कार्यक्रम सञ्चालन

    खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका नागरिकलाई एकै पटक पाँच प्रकारको सेवा प्रदान गरिएको छ । नगरपालिका र वडाको संयुक्त आयोजनामा सोमबार वडा कार्यालयमा एकीकृत सेवा प्रवाह कार्यक्रम राखेर सामाजिक सुरक्षा भत्ता, वडागत योजना सम्झौता,  जेष्ठ नागरिक स्वास्थ्य परिक्षण, बालिका विकास बचत भौचर हस्तान्तरण र जेष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरण सेवा प्रदान गरिएको हो ।

    sa.jpg

    कार्यक्रममा वडागत योजना सम्झौता १४ वटा, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण १५० जना, जेष्ठ नागरिक स्वास्थ्य परिक्षण ७५ जना, बालिका विकास बचत भौचर हस्तान्तरण १० जना र जेष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र ८ जनालाई प्रदान गरिएको नगरप्रमुख बिमला राईले जानकारी दिइन् ।

    ha.jpg

    अन्य समयमा लाभग्राहीहरु भत्ता लिन वडाबाट हलेसी पुग्नुपर्छ । आफ्नै घर आँगनमा बिना झन्झट भत्ता थाप्न पाउँदा खुशी लागेको राजापानीका ज्येष्ठ नागरिक जसमाया राईले बताइन् । भत्ता लिन जाँदा हाम्रो दुई÷तीन हजार खर्च हुन्थ्यो अहिले वडामा भत्ता थाप्न पाउँदा सुविधै सुविधा भएको अर्का ज्येष्ठ नागरिक लक्ष्मी श्रेष्ठले बताईन् ।

    वडामै योजना सम्झौताको काम नगरपालिकाको सबैभन्दा राम्रो काम भएको र आउँदो सालहरुमा पनि यसरी नै वडामै योजना सम्झौता गरिदिए सजिलो र सुविधा हुने स्थानीय जसराज राईले बताए । आफू उपभोक्ता समितिको अध्यक्ष बसेर राईले एक लाखको ‘तल्लो वेराखा सडक मर्मत’ योजना सम्झौता गरेका छन् ।

    aa.jpg

    उपप्रमुख रमेश कुमार राउतले राजापानीकै अपाङगता भएका लोकबहादुर बुढाथोकीलाई घरमै पुगेर अपाङगता परिचय पत्र वितरण गरेका छन् । वडा ठूलो रहेकाले वडासम्म आउन नसकेका लाभग्राहीहरुलाई घरमै पुगेर प्रकृति अनुसार कागजात वितरण गरिएको उपप्रमुख राउतको भनाई छ ।

    hal.jpg

    सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक र अपाङ्गता परिचयपत्र तथा बालिकाको आमालाई बैंक भौचर नगरप्रमुख बिमला राईले वितरण गरेकी थिइन् । भूगोल टाढा भएकाले यहाँका नागरिकको सहजता तथा समय र श्रोतको बचतका लागि एकिकृत सेवा प्रवाह गरिएको नगरप्रमुख राईले बताइन् । आवश्यकता अनुसार अन्य वडाहरुमा एकीकृत सेवा प्रवाह गर्ने योजना रहेको उनको भनाई छ ।

    एकीकृत सेवा प्रवाहमा कागजात नमिलेर÷नपुगेर खासगरी भत्ता नलिई फर्केकाहरुलाई कागज मिलाएर परिवारका सदस्यलाई सिफारिस दिईने र उहाँहरुले बैंकबाट भत्ता लिएर आउने वडाध्यक्ष अनिश कार्कीले बताए ।

     

    प्रकाशित मिति :पौष २५, २०७९ सोमवार - २१:३५:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको