• ट्रेण्डिङ:

विद्यालयबाट घर फर्कदै गरेकी बालिका मृत फेला

विद्यालयबाट घर फर्कदै गरेकी बालिका मृत फेला

रोदिक खबर

२, माघ २०७९
  • 2.7K
    SHARES
  • विद्यालयबाट घर फर्कदै गरेकी बालिका मृत फेला

    खोटाङमा विद्यालयबाट घर फर्कनेक्रममा वेपत्ता बनेकी बालिका मृत फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घर नजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् ।

    आइतबार दिउँसो घर फर्कनेक्रममा सम्पर्क विहिन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले बताए ।

    बालिका महेन्द्रोद्धय माबि हलेसीमा कक्षा १० मा अध्ययनत थिईन् । ३ माघदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरिय भलिबल, फुटबल र नृत्य प्रतियोगीताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिईन् ।

    प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिईन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी वालिका घरभन्दा करिब दुई सयमिटर टाढा मृत फेला परेकी हुन् ।

    घट्नास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए ।

    ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको वडाध्यक्ष गिरीले बताए । घटनाको वियषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफै झुण्डिएको’ विषय खुल्ने प्रनाउ मुकारुङले बताए ।

    प्रकाशित मिति :माघ २, २०७९ सोमवार - २१:४४:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको