बिहिवार, कार्तिक १३ गते २०८३

खोटेहाङ–काठमाडौं सिधा यातायात सेवा सञ्चालन

खोटेहाङ–काठमाडौं सिधा यातायात सेवा सञ्चालन

रोदिक खबर

४, माघ २०७९
  • 5.8K
    SHARES
  • खोटेहाङ–काठमाडौं  सिधा यातायात सेवा सञ्चालन

    दिनराज कार्की

    खोटाङ । खोटाङ यातायात प्रा.लि.ले यात्रुलाई आवतजावत लागि खोटेहाङ गाउँपालिकादेखि पहिलो पल्ट पूर्वी तराई तथा काठमाडौँसम्मको सिधा यातायात सेवा सञ्चालन ल्याएको छ । खोटेहाङ गाउँपालिका सावाकटहरे निगालेबाट–काठमाडौं, खोटेहाङ गाउँपालिकाको साँवाकटहरे निगालेबाट–इटहरीसम्मको दैनिक बस सेवा सञ्चालनमा ल्याएको हो ।

    खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले मंगलवार खोटेहाङ गाउँपालिका–३ साँवाकटहरेको निगालेमा एक कार्यक्रमकाबिच उद्घाटन गरेसँगै बुधवारबाट नियमित बस सेवा सञ्चालमा आएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले बताए ।

    kk.jpg

    महासचिव हिङमाङका अनुसार खोटेहाङको वाखुताङ–काठमाण्डौ बिहान ४ बजे, वाखुताङ–गाइघाट बिहान ५ः३० बजे, खोटाङबजार–काठमाण्डौ बिहान ५ बजे, सिम्पानी–काठमाण्डौ बिहान ६ः३० बजे, खोटाङबजार–गाइघाट बिहान ६ः३० बजे  बस छुट्ने व्यवस्था मिलाइएको छ ।

    फोक्सिङटारको पुल बनेसँगै खोटाङ यातायात प्रा.लि.ले खोटेहाङबाट पूर्वी तराई तथा काठमाडौं सम्मको सिधा यातायात सेवा सञ्चालन ल्याएपछि स्थानीयबासीले उदयपुरको बेल्टारसम्म पुगेर गाडी चढ्नुपर्ने बाध्यता हटेको छ । खोटाङ जिल्लाका गाउँ–गाउँमा यातायातको पहुँच सहज हुँदै गएको छ ।

    दुर्गम क्षेत्रका यात्रुले दुई दिनसम्म हिँडेर बस चढ्नुपर्ने बाध्यता अहिलेपनि विद्यमान रहको छ । सोही समस्यालाई मध्यजनर गरेर गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले सिधा बस सेवा सञ्चालन गरेको  महासचिव हिङमाङले बताए ।

    खोटेहाङ गाउँपालिकाले सदरमुकामदेखि काठमाडौं तथा उदयुपर–इहटरीको सिधा यातायात केन्द्र जोड्ने गरी सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । सडक निमार्ण यातायात सञ्चालन हुँदा ग्रामीण क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावत तथा बिरामीलाई अस्पतालसम्म लैजान सहज भएको स्थानीयबासी बताउँछन ।

    खोटेहाङ गाउँपालिकाको सावाँकटहरेबाट काठमाडौं जान दुई देखि तीन वटा गाडी परिवर्तन गरेर जानुपर्ने बाध्यता थियो । यात्रुले दुई गुणा बढि भाडा तिरेर जानुपर्ने बाध्यता र धेरै समस्या रहेको थियो । त्यही समस्यालाई मध्यजर गरेर गाउँपालिका र वडाको पहलमा खोटेहाङ–काठमाण्डौ सिधा यातायात सञ्चलानमा ल्याइएको खोटेहाङ गाउँपालिका–३ साँवाकहरेका वडा अध्यक्ष जेफर राईले बताए ।

    स्थानीय सरकारले सडक निर्माण पहिलो प्राथमिकता राखेर काम गरेको भएपनि अधिकांश ग्रामीण सडक मापदण्ड अनुसारका नभएकाले दुर्घटना जोखिम पनि उत्तिकै रहेको छ । सडक निर्माणसँगै स्तरोनन्ति गरी ग्रामीण सडक बाह्रै महिना यातायात सञ्चालन गर्न भने कठिनाई रहेको छ ।

    खोटेहाङ गाउँपालिका र खोटाङ यातायात प्रा.लि.व्यवसायी संघको साझेदारीमा भाडादर कायम गरिएको छ ।  जसअनुसार खोटेहाङको वाखुताङ–काठमाडौं दुई हजार सात सय, खोटाङबजार–काठमाडौं दुई हजार पाँच सय, सिम्पानी–काठमाण्डौ दुई हजार दुई सय, रसुवाघाट–काठमाण्डौ एक हजार नौ सय निर्धारण गरिएको छ ।

    यस्तै, वाखुताङ–गाईघाट एक हजार चार सय, खोटाङबजार–गाईघाट एक हजार दुई सय, खोटाङबजार –इटहरी एक हजार छ सय, वाखुताङ–इटहरी एक हजार आठ सय, सिम्पानी–इटहरी एक हजार पाँच सय, रोक्सिङभञ्ज्याङ–गाइघाट एक हजार दुई सय, खोटाङबजार–रसुवाघाट छ सय र चिप्रिङ–गाइघाट एक हजार तीन सय भाडादर कायम गरिएको खोटाङ यातायात प्रा.लि.का महासचिव हिङमाङले जानकारी दिए । 

    प्रकाशित मिति :माघ ४, २०७९ बुधवार - १६:१८:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको