• ट्रेण्डिङ:

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई सिरक वितरण

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई सिरक वितरण

रोदिक खबर

१०, माघ २०७९
  • 2.2K
    SHARES
  • दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई सिरक वितरण

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरेको छ । गाउँपालिकाको लक्षित वर्ग कार्यक्रम अन्तरगत ८३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइवरको न्यानो सिरक वितरण गरेको हो ।

    जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत सोमबार वडा नं.-१ याम्खास्थित वडा कार्यालयमा आयोजित कार्यक्रममा २० जना ज्येष्ठ नागरिकलाई फाइवरको सिरक वितरण गरिएको वडा सचिव प्रकाशचन्द्र राईले जानकारी दिए । वडाको ५० हजार बजेटबाट ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको जनाइएको छ ।

    ज्येष्ठ नागरिकलाई गाउँपालिका अध्यक्ष लोकेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, याम्खाका वडाध्यक्ष केशवकुमार खत्री लगायतले सिरक वितरण गरेका थिए । चिसो मौसममा न्यानो सिरक पाएपछि ज्येष्ठ नागरिक हर्षित भएका छन् ।
    गाउँपालिकाको लक्षित वर्गको कार्यक्रम अन्तरगत समाजका अगुवा, जेष्ठ नागरिक लगायतलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकाले लक्षित वर्गका सबैलाई यसरी नै सम्मान गर्दै जाने जनाइएको छ ।
    यसअघि, यहि कार्यक्रम अन्तरगत वडा नं.-२ डाडाँगाउँका ६७ जना र वडा नं.-७ टेम्माका ५० जना ज्येष्ठ नागरिकलाई फाइवरको सिरक दिएर सम्मान गरिएको थियो । जिल्लाका अन्य स्थानीय तहले पनि विभिन्न कार्यक्रमका साथ जेष्ठ नागरिकलाई सम्मान गरिरहेका छन् ।

    प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - १२:१६:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको