• ट्रेण्डिङ:

दिक्तेलमा मृगौला रोग चेकजाँच सम्बन्धि फागुन २४ र २५ गते शिविर सञ्चालन हुने 

दिक्तेलमा मृगौला रोग चेकजाँच सम्बन्धि फागुन २४ र २५ गते शिविर सञ्चालन हुने 

रोदिक खबर

११, फाल्गुण २०७९
  • 2.7K
    SHARES
  • दिक्तेलमा मृगौला रोग चेकजाँच सम्बन्धि फागुन २४ र २५ गते शिविर सञ्चालन हुने 

    खोटाङ । अन्तर्राष्ट्रिय मृगौला दिवसको अवसरमा खोटाङको दिक्तेलमा निःशुल्क मृगौला रोग सम्बन्धि दुई दिने चेकजाँच शिविर सञ्चाालन हुने भएको छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटी शाखा खोटाङको सहआयोजनामा  फागुन २४ र २५ गते शिविर सञ्चालन हुने भएको हो ।

    सरस्वती मावि दिक्तेलको प्राङ्गणमा फागुन २४ गते बिहान ८ बजेबाट सञ्चालन गरिने शिविरमा मृगौला प्रत्यारोपण केन्द्र बनस्थली काठमाडौंका संस्थापक नेपालका वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको नेतृत्वमा आएको टोलीले मृगौला रोग सम्वन्धी चेकजाँच गर्ने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

    पछिल्लो समय जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै मृगौला रोगको समस्या बढ्दै गएकोले समयमा नै रोग तथा समस्याको पहिचान गर्न शिविरको आयोजना गरिने भएको नगरप्रमुख  भट्टराईको भनाइछ । नगरप्रमुख  भट्टराईका अनुसार दुई दिने शिविर पश्चात नगरपालिकाले नगरका १५ वटै वडाका प्रत्येक घरघरमा पुगेर एक वर्षभित्र नगरका सबै नागरिकको मृगौला चेकजाँच गर्ने कार्ययोजना रहेको छ ।

    यस्तै, नगरप्रमुख भट्टराईको अध्यक्षतामा बिहीवार जिल्लाका राजनीतिक दल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष, नेपाल पत्रकार महासंघ, नगर स्वास्थ्य शाखा सम्मिलित बैठकले शिविरमा जिल्लाका सबै पालिका प्रमुख, जिल्ला अस्पताल, १० वटै स्वास्थ्य शाखा प्रमुख तथा ७९ वडाका स्वास्थ्य प्रमुखहरुलार्ई पनि उपस्थिति गराउने निर्णय गरिएको नगर स्वास्थ्य शाखा प्रमुख मोहन राउतले जानकारी दिए ।

    उनका अनुसार शिविर उद्घाटन पश्चात डा. काफ्लेले जिल्लाका स्वास्थ्य शाखा प्रमुखहरुलाई मृगौला रोग के हो ? रोगबाट बच्ने उपाय र रोगको परीक्षण गर्ने पद्दतिका बारेमा सिकाउने कार्यक्रम रहेको छ ।  

    प्रकाशित मिति :फाल्गुण ११, २०७९ बिहिवार - १०:२२:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको