आइतवार, कार्तिक १६ गते २०८३

दाहाल प्रतिष्ठान शाखा खोटाङको भवन उद्घाटन

दाहाल प्रतिष्ठान शाखा खोटाङको भवन उद्घाटन

रोदिक खबर

२८, फाल्गुण २०७९
  • 2.7K
    SHARES
  • दाहाल प्रतिष्ठान शाखा  खोटाङको भवन उद्घाटन

    दाहाल प्रतिष्ठान शाखा समिति खोटाङको भवन उद्घाटन गरिएको छ । दाहाल समुदायका दाताबाट संकलन गरिएको २४ लाख ४४२ रुपैयाँको खर्चमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा गैरीगाउँमा निर्माण गरिएको एक तले भवन शनिबार उद्घाटन गरिएको हो ।

    स्थानीय रामबहादुर दाहालले निःशुल्क उपलब्ध गराएको ६ आना जग्गामा दाहाल प्रतिष्ठान शाखा समिति खोटाङको पहलमा निर्माण गरिएको भवन प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष सिताराम दाहालले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । 

    भवन निर्माणका लागि जिल्ला तथा जिल्ला बाहिर विभिन्न स्थानमा बसोबास गर्दै आएका २७१ जना दाहाल बन्धुबाट २६ लाख ४८ हजार ९७२ रुपैयाँ संकलन भएको दाहाल प्रतिष्ठानका अध्यक्ष मिनकुमार दाहालले बताए ।

    भवन निर्माणका लागि एक सयदेखि एक लाख ११ हजार १११ रुपैयाँसम्म सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको भवन २०७७ फागुन २३ गते शिलान्यास गरिएको थियो ।

    यस्तै, भवन उद्घाटनका क्रममा भवन निर्माणका लागि जाग्गा उपलव्ध गराउने जग्गादाता, आर्थिक सहयोग गर्ने दाता, जेष्ठ नागरिक, शिक्षक तथा कर्मचारी, कक्षा १२ मा उत्कृष्ठ अंक ल्याउने विद्यार्थी लगायतलाई सम्मान गरिएको छ । 

    प्रतिष्ठानको तीन तले भवन निर्माणका लागि नगरपालिकाबाट नक्सा पास भइसकेको छ । प्रतिष्ठानले सभाहल, पदाधिकारी कक्ष र अतिथि गृह रहनेगरी भवन निर्माण सुरु गरेको हो ।

    प्रकाशित मिति :फाल्गुण २८, २०७९ आइतवार - ०७:४२:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको