• ट्रेण्डिङ:

खोटाङ उद्योग वाणिज्य संघका असन्तुष्ट पक्षद्वारा निर्णय खारेजीको माग 

खोटाङ उद्योग वाणिज्य संघका असन्तुष्ट पक्षद्वारा निर्णय खारेजीको माग 

रोदिक खबर

७, चैत्र २०७९
  • 3.0K
    SHARES
  • खोटाङ उद्योग वाणिज्य संघका असन्तुष्ट पक्षद्वारा निर्णय खारेजीको माग 

    खोटाङ उद्योग वाणिज्य संघको ११ औं अधिवेशनलाई प्रभावित गर्ने गरि निर्णय गरिएको भन्दै असन्तुष्ट पक्षले खारेजीको माग गरेका छन् । संघका बरिष्ठ उपाध्यक्ष समुन्द्रप्रसाद जोशीको नेतृत्वमा सोमवार जिल्ला प्रशासन कार्यालयमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइ समक्ष चैत्र ५ गते बहुमत सदस्यको नाममा निर्वाचनलाई प्रभावित पार्ने गरि कामचलाउ समितिले एकलौटी ढंगवाट गरिएको निर्णयलाई खारेज गरी फागुन १७ गतेको बैठकले गरेको निर्णय कार्यान्वयको माग गरेका हुन् । 

    n.jpg

    फागुन २३ गते निर्वाचन हुने गरी फागुन १३ गते उद्घाटन भएको संघको निर्वाचन राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको आचारसंहिता लागू भएपछि चैत्र ९ गतेलाई सारिएको थियो । निर्वाचन सरेपछि फागुन १७ गते बसेको संघको सचिवालय बैठकले सदस्यता नविकरण गर्न बाँकी रहेका सदस्यहरुका लागि फागुन ३० गतेसम्म सदस्यता नविकरण खुल्ला गर्ने र उनीहरुलाई चैत्र ९ गते हुने निर्वाचनमा सहभागी हुन पाउने निर्णय गरेको जनाइएको छ । 

    फागुन १७ गते पछि नविकरण भएका सदस्यहरुलाई मताधिकार प्रयोग गर्न नदिने मनसायसहित एकलौटी निर्णय गरेको, सम्पूर्ण रसिदहरु नियन्त्रणमा लिएको हुनाले निर्णय पुस्तिका पनि संघमा सुरक्षित हुने नदेखिकोले अर्को निर्णय नभएसम्मको लागि संघको बैठक पुस्तिका प्रमुख जिल्ला अधिकारी सेडाइलाई बुझाएको संघका कोषाध्यक्ष युधिर शाक्यले बताए । नविकरणका लागि म्याद थप गरिएको समयमा १७५ जना सदस्यहरुले नविकरण गरेको उनीहरुको भनाइछ । 

    संघका अध्यक्ष उपिनकुमार राईले संघको उद्घाटन गरी निर्वाचनको मिति तय भएकाले चैत्र ५ गते बोलाइएको पूर्ण बैठकले फागुन १७ गते सचिवालय बैठकले गरेको निर्णयलाई अनुमोदन गर्न नमानेपछि खारेज गर्ने निर्णय भएको बताए ।

    a.jpga1.jpg


    प्रकाशित मिति :चैत्र ७, २०७९ मंगलवार - १२:१३:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको