• ट्रेण्डिङ:

खोटाङमा विभिन्न कार्यक्रमको आयोजना गरी ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइयो

खोटाङमा विभिन्न कार्यक्रमको आयोजना गरी ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइयो

रोदिक खबर

७, चैत्र २०७९
  • 2.2K
    SHARES
  • खोटाङमा  विभिन्न कार्यक्रमको आयोजना गरी  ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइयो

    आज २१ मार्च अर्थात् अन्र्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस । खोटाङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी ५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइएको छ ।

    खोटाङ दलित विकास मञ्चको आयोजनामा ‘संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गरौं, जातीय छुवाछुत तथा विभेदको बिरुद्ध प्रतिरोध गरौँ’ भन्ने मुल नाराका साथ सरोकारवालाहरुसँग अन्र्तक्रिया कार्यक्रम गर्दै दिवश मनाइएको हो । यसवर्ष पनि जातिय भेदभाव अन्त्यका लागि चेतना जगाउने उद्देश्यले सरोकारवालासँग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी जातिय उन्मुलन दिवस मनाएको खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन परियारले बताए । 

    कार्यक्रममा सहभागी वक्ताहरुले जातिय भेदभाव गर्न नपाईने स्पष्ट कानुनी व्यवस्था भएपनि पछिल्लो समय जातिय भेदभाव तथा छुवाछुतका घटना वृद्धि भइरहेको उल्लेख गर्दै छुवाछूत अन्त्यका लागि कडा कानुन बनाएर  कार्यान्वयन ल्याउनुपर्ने बताएका छन् । कार्यक्रममा दलित समुदाय सँग जोडिएका केही घटनाहरु पनि प्रस्तुत गरिएको थियो ।   

    कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपािलकाका नगरउपप्रमुख  बिसन राई,  प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङ सशस्त्र प्रहरी बल ७ नं गुल्मका प्रहरी नायव उपरिक्षक श्याम रावत, विभिन्न वडाका वडाध्यक्षहरु, लगायत, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरेपनि नेपालले भने सो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।

    प्रकाशित मिति :चैत्र ७, २०७९ मंगलवार - २१:२५:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको