• ट्रेण्डिङ:

कैंदी बन्दीहरुको लागि निःशुल्क आँखा जाँच, औषधि तथा चश्मा वितरण 

कैंदी बन्दीहरुको लागि निःशुल्क आँखा जाँच, औषधि तथा चश्मा वितरण 

रोदिक खबर

१४, चैत्र २०७९
  • 1.9K
    SHARES
  • कैंदी बन्दीहरुको लागि निःशुल्क आँखा जाँच, औषधि तथा चश्मा वितरण 

    जिल्ला कारागार खोटाङका ७१ जना कैंदी बन्दीको आँखा जाँच गरिएको छ । नेपाल नेत्र ज्योती संघको ४५ औं स्थापना दिवसको सन्दर्भमा सोमबार जिल्ला कारागारका कैंदी बन्दीहरुको निःशुल्क आँखा जाँच, औषधि तथा चश्मा वितरण कार्यक्रम राखिएको हो ।

    शिबिरमा ६७ पुरुष र चार महिला कैंदी बन्दीको निःशुल्क आँखा जाँच गर्नुका साथै औषधि तथा चश्मा वितरण गरिएको नेपाल नेत्र ज्योती संघ खोटाङका अध्यक्ष इन्द्र कसजूले बताए । शिबिरमा आँखाका समस्या भएका ३५ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ । 

    ४५ जनालाई औषधि वितरण गरिएको छ । मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने एक जना बन्दीको पहिचान भएको नेपाल नेत्र ज्योती संघले जनाएको छ । नेपाल पत्रकार महासंघको समन्वय, नेत्र ज्योती संघ, हङकङ च्याप्टरको सहयोग एवं आँखा उपचार केन्द्र दिक्तेलको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योती संघले कारागारका बन्दीहरुको निःशुल्क आँखा जाँच, औषधि तथा चश्मा वितरण कार्यक्रम आयोजना गरेको हो । 

    आँखा चिलाउने, आँखा रातो हुने लगायतका समस्या भएका बिरामीको आँखा जाँच गर्दै आवश्यकताका आधारमा औषधि तथा चश्मा वितरण गरिएको संघका अध्यक्ष कसजूले बताए ।

    प्रकाशित मिति :चैत्र १४, २०७९ मंगलवार - ०६:२०:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको