आइतवार, कार्तिक १६ गते २०८३

मोटरसाइकल दुर्घट्नामा गम्भीर घाईते भएका राईलाई काठमाण्डौ लगियो

मोटरसाइकल दुर्घट्नामा गम्भीर घाईते भएका राईलाई काठमाण्डौ लगियो

रोदिक खबर

२८, चैत्र २०७९
  • 4.2K
    SHARES
  • मोटरसाइकल दुर्घट्नामा गम्भीर घाईते भएका राईलाई काठमाण्डौ लगियो

    खोटाङ । खोटाङमा एकआपसमा मोटरसाइकल ठक्कर खाई दुर्घट्ना हुँदा गम्भीर घाईते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला पुईलुङका १८ वर्षीय निश्चल राईलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।

    मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको काँडेस्थित सडकखण्डमा मंगलबार मध्यान्ह १२ः२५ बजे दिक्तेलबाट मुडेतर्फ जाँदै गरेको बा ६६ प १११४ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ६८६ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा बा ६६ प १११४ मोटरसाइकलको पछाडी बसेका राई गम्भीर घाईते भएका थिए ।

    गम्भीर घाईते राईको टाउको, अनुहार, हातखुट्टा र शरीरका अधिकांश भागमा चोट लागेको थियो । दुर्घट्ना लगत्तै दिक्तेल रत्नपार्कमा अवस्थित फेमेली केयर अस्पतालमा उपचार संम्भव नभएपछि घाईतेलाई हेलिकोप्टरमार्फत अन्नपूर्ण न्युरो अस्पताल माईतीघर पठाईएको नेकपा माओवादी केन्द्रका नेता सुरेस राईले जानकारी दिए ।

    निश्चल नेर्पामा बसेर कक्षा ८ को परीक्षा दिई सकेर आफन्तसँग घर जाँदै थिए । निश्चल सवार मोटरसाइकल आफ्नो साइडमा कुदिरहंदा अर्कोपट्टीको मोटरसाइकल रङ साइडमा आएर हानेको राईले बताएका छन् । निश्चल चढेको मोटरसाइकल २७ वर्षीय अगम राईले चलाएका थिए ।

    दुर्घट्नामा अगम र बा ६० प ६८६ मोटरसाइकलका चालक बाम्राङका १७ वर्षीय अश्विन राई मध्यम घाइते भएका छन् । उनीहरुको फेमेली केयर अस्पतालमा उपचार भईरहेको छ ।

    प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - १८:२९:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको