• ट्रेण्डिङ:

लागू औषध दुव्र्यसनी विरुद्ध खोटाङ रंगमञ्चको कचहरी नाटक प्रदर्शन

लागू औषध दुव्र्यसनी विरुद्ध खोटाङ रंगमञ्चको कचहरी नाटक प्रदर्शन

रोदिक खबर

६, बैशाख २०८०
  • 2.3K
    SHARES
  • लागू औषध दुव्र्यसनी विरुद्ध खोटाङ रंगमञ्चको कचहरी नाटक प्रदर्शन

    खोटाङ। खोटाङ रंगमञ्चले लागू औषध दुव्र्यसनी विरुद्ध कचहरी नाटक प्रदर्शन सुरु गरेको छ । विशेषगरी माबि तहका छात्र्छात्रालाई लक्षित गर्दै खोटाङ रंगमञ्चले सचेतनामुलक कचहरी नाटक प्रदर्शन सुरु गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा खोटाङ रंगमञ्चले करिब ४० मिनेटको कचहरी प्रदर्शन सुरु गरेको जनाएको छ ।

    नगरपालिकाभित्रका सबै माबिमा पुग्नेगरी बुधबारदेखि सचेतनामुलक कचहरी नाटक प्रदर्शन सुरु गरिएको खोटाङ रंगमञ्चका सल्लाहकार एवं व्यवस्थापक एलबी मगरले बताए । पहिलो दिन सरस्वती मावि दिक्तेल र शुभद्रा मदन फाउण्डेसनमा कचहरी नाटक प्रर्दशन गरिएको छ ।

    लागू औषधको प्रयोगका कारण व्यक्तीको स्वास्थ्य, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा पर्ने प्रतिकूल अशर बारे सचेत गराउनका लागि कचहरी नाटक प्रदर्शन सुरु गरिएको खोटाङ रंगमञ्चले जनाएको छ ।

    विशेषगरी कक्षा ८, ९ र १० का कतिपय विद्यार्थी नै लागू औषधको प्रयोगमा फसेको पाइएकाले लागू औषधबाट टाढा रहनकालागि विद्यार्थीमा सचेतना जगाउन नाटक प्रर्दर्शन सुरु गरिएको सल्लाहकार एबं व्यवस्थापक मगरले बताए ।

    अनिल सुब्बाको कथा तथा निर्देशन रहेको नाटकमा सञ्जिव राई, योगीन राई, सविना राई, सलिना भुजेल, आकृति भुजेल, मनिष परियार, ज्ञानेन्द्र बिश्वकर्मा, मिलन चाम्लिङ र दिपेन्द्र राईको अभिनय रहेको छ । नाटकको बीचबीचमा उत्थान भएका समस्या हल गर्नका लागि दर्शकको प्रतिक्रिया लिएर दर्शकलाई नै नाटकको पात्रका रुपमा उभ्याएर सहभागी गराउने गरिएको छ ।

    प्रकाशित मिति :बैशाख ६, २०८० बुधवार - २२:०८:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको