• ट्रेण्डिङ:

जिल्ला प्रहरी कार्यालय खोटाङद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम

जिल्ला प्रहरी कार्यालय खोटाङद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम

रोदिक खबर

१६, बैशाख २०८०
  • 2.5K
    SHARES
  • जिल्ला प्रहरी कार्यालय खोटाङद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम

    जिल्ला प्रहरी कार्यालय खोटाङले सार्वजनिक  सुनुवाइ कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको प्राङ्गणमा शनिवार समुदाय प्रहरी साझेदारी अन्तर्गत शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि प्रहरीले गरेको सेवा प्रवाह, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा सरोकारवालाहरूसँग सार्वजनिक सुनवाई गरेको हो ।

    कार्यक्रममा सहभागीहरुले प्रहरीले दिने सेवा प्रवाहमा केही सुधार आएपनि समाजमा विकृति विसंगति, दुव्र्यसनी जस्ता घटनाहरु भने मौलाएको बताएका छन् । उनीहरुले अपराधिक घटनाहरु न्युनिकरणका लागि जनचेतना बिस्तारमा जोड दिनुपर्ने, प्रहरी र नागरिकबीच सिस्ट भाषाको प्रयोग गर्नुपर्ने, प्रहरीले दिने सेवा प्रवाहमा अझै सुधार गर्दै लैजानुपर्ने लगायतका सुझाव दिएका थिए । 

    कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको जिल्ला प्रशासन कार्यालय खोटाङका प्रशासकीय अधिकृत उपेन्द्र राई,  जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले जवाफ दिएका थिए ।

    कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधिहरु, नागरिक समाज, सरोकारवाला निकाय, स्थानीयवासी लगायतको उपस्थिति रहेको प्रहरी नायव उपरिक्षक  मुकारुङले जानकारी दिए । 

    प्रकाशित मिति :बैशाख १६, २०८० शनिवार - २१:४८:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको