बिहिवार, कार्तिक १३ गते २०८३

बृद्ध दाजुबहिनीको विभत्स हत्या गर्ने अभियुक्त प्रहरीद्धारा सार्वजनिक 

बृद्ध दाजुबहिनीको विभत्स हत्या गर्ने अभियुक्त प्रहरीद्धारा सार्वजनिक 

रोदिक खबर

२३, भाद्र २०७७
  • 4.4K
    SHARES
  • बृद्ध दाजुबहिनीको विभत्स हत्या गर्ने अभियुक्त प्रहरीद्धारा सार्वजनिक 

    खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले बृद्ध दाजुबहिनीको विभत्स हत्या गर्ने अभियुक्तलाई सार्वजनिक गरेको छ । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय पेलेलेका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकै ६७ वर्षीय बहिनी गोपीमाया श्रेष्ठलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका ३३ वर्षीय दुर्गाबहादुर राईलाई प्रहरीले सार्वजनिक गरेको हो ।

    प्रारम्भिक अनुसन्धाकाक्रममा घट्नाको पाँच दिनपछि भदौ २१ गते जन्तेढुंगा गाउँपालिका–२ बोपुङबाट पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । 

    जंगल नजिकै एकान्त ठाउँमा रहेको घरको ढोकामा बाहिरबाट साङ्लो लगाएको अवस्थामा उनीहरुको शव भदौ १९ गते घरभित्रै भेटिएको थियो । अभियुक्तले गोपीमायासँग एक हजार पैसा मागेको र नदिएको निहुँमा भदौ १७ गते राती अन्दाजी १२ बजेको समयमा वृद्ध दाजुबहिनीको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले बताए ।

    दिनभर मकैको ढोड काट्न र ओसार्न सघाएका दुर्गाबहादुरले एक हजार पैसा माग्दा बेलुका दिने आश्वसन पाएको तर दुई पल्ट माग्न पुग्दापनि नपाएपछि घर फर्किएका उनले रातका समयमा वृद्ध दाजुबहिनीमाथि आक्रमण गरेको खुलेको प्रहरीले जनाएको छ ।

    ‘अभियुक्तले गोपीमायाँसँग पैसा सापटी मागेको देखिन्छ, बेलुका दिन्छु भन्ने आश्वसन पाएपछि मादक पदार्थ सेवन गरेर मृतकको घरमा दुई पटक गएको देखिन्छ, तर पैसा नपाएपछि रातको १२ बजेको आसपासमा गएर दाजुबहिनीमाथि आक्रमण गरेको देखिन्छ,’ प्रनाउ चिमरियाले भने, अभियुक्तले ढोका खोल्न लगाएपछि ईन्द्रबहादुरले ढोका खोल्छन ।

    इन्द्रबहादुरको हातमा दाउरा देखेपछि अभियुक्तले इन्द्रबहादुरमाथि आक्रमण गर्छ, के गरेको भनेर दाउरा बोकेर बचाउमा लाग्दा गोपीमायाँमाथि नै प्रहार गरेको खुलेको छ ।’ अभियुक्तको साथबाट प्रहरीले १ हजार १७० रुपैयाँ नगद, खुकुरी र झोला बरामद गरेको छ ।

    उनले गोपीमायाँको थैलीमा भएको रकम मात्र झिकेको प्रहरीले जनाएको छ । अभियुक्त उपर एक साता म्याद थप गरी कर्तव्य ज्यान अन्तरगतको मुद्धा चलाएर अनुसन्धान थालिएको प्रनाउ चिमरियाले बताए । जानकारी पाएलगत्तै अनुसन्धानका लागि घट्नास्थल पुगेका प्रनाउ चिमरिया नेतृत्वको अनुसन्धान टोलीले सुरुदेखि नै उनलाई शंकाको घेरामा राखेको थियो । 

    गाईवस्तु भोकले कराउन थालेपछि छिमेकीले ढोका खोलेर हेर्दा उनीहरु घरभित्रै मृत फेला परेका थिए । घटनाको बारेमा जानकारी पाएपछि शुक्रबार साँझ ईलाका प्रहरी कार्यालय चिसापानी र खोटाङबजारको टोली घट्नास्थल पुगेको थियो । मृतक जताततै धारिलो हतियारको चोट लागेको अवस्थामा भेटिइएका थिए । 

    मृतक इन्द्रबहादुर अविवाहित हुन् । बहिनी गोपीमायाँ भने लामो समयदेखि माईती घर फर्केर सामान्य पशल गरेर बस्दै आएकी थिईन् । गोपीमायाँको पोल्टामा भएका नगद तथा अन्य सामान बाहेक अन्य लुटिएको नदेखिएको वडाध्यक्ष विदुरमान राईले बताए । 

    प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - १९:५८:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको