शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

विद्युतको पोलबाट लडेर गम्भीर घाइते बनेका दाहालको हेलिकप्टरमार्फत उद्धार 

विद्युतको पोलबाट लडेर गम्भीर घाइते बनेका दाहालको हेलिकप्टरमार्फत उद्धार 

रोदिक खबर

१८, जेठ २०८०
  • 17.8K
    SHARES
  • विद्युतको पोलबाट लडेर गम्भीर घाइते बनेका दाहालको हेलिकप्टरमार्फत उद्धार 

    खोटाङ । विद्युत मर्मत गर्नेक्रममा पोलबाट लडेर गम्भीर घाइते हुनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३२ वर्षीय मिननाथ दाहालको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घर नजिकै काँडे भन्ने ठाउँमा नाङ्गो तार हटाएर एबिसी केबल लगाउनेक्रममा बिहीबार पोलबाट लडेर गम्भीर घाइते भएका दाहालको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि  दुई लाख ४० हजारमा चार्टर गरिएको हेलिकोप्टरमार्फत गरेर काठमाडौँ लगिएको हो ।

    विद्युतको पोलबाट लडेर घाइते बनेका दाहाललाई तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याइए पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको विद्युत प्राविधकरण दिक्तेल वितरण केन्द्रका कार्यालयका प्रमुख विजयराज रेग्मीले बताए । विद्युत प्राधिकरणमा दैनिक ज्यालादारी कर्मचारीको रुपमा काम गर्दै आएका गम्भीर घाइते दाहालको अहिले काठमाडाँैस्थित शिक्षण अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको जनाएको छ ।

    दुर्घटनास्थलमै बेहोस अवस्थामा रहेका बेला उद्धार गरिएका दाहालको बाहिरी शरीरमा कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । बिहान करिब नौँ बजे विद्युतको पोलबाट लडेका दाहाललाई तत्कालै उद्धार गरेर जिल्ला अस्पताल दिक्तेलमा भर्ना गरिए पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि काठमाडौँ पठाइएको हो ।

    करिब १२ वर्षदेखि विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रमा ज्यालादारी कर्मचारीको रुपमा काम गर्दै आएका दाहालको अवस्था गम्भीर रहेको जनाइएको छ । विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रमा ज्यालादारी काम गरेर परिवारको गर्जो टार्दै आएका दाहालको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - २१:२१:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको