खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा शक्तिराज राईको अध्यक्षतामा ११ सदस्यीय पुमा टोल विकास समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कमलादेवि राई, सचिवमा कुमार राई रहेका छन् । वडाध्यक्ष सागर राईको उपस्थितिमा समिति गठन गरिएको हो । दिप्लुङमा यस अघि दुई वटा टोल विकास संस्था गठन भई सकेको वडाध्यक्ष राईले बताए ।
स्थानीय विकास प्रक्रियामा टोल तथा बस्ती स्तरवाट नै नागरिक सहभागिता सुनिश्चित गर्दै समाजको आर्थिक, सामाजिक, साँस्कृतिक लगायत विकासका सबै पक्षमा दिगोपना र अपनत्व सृर्जना गर्न निश्चित भौगोलिक क्षेत्रभित्र बसोबास गर्ने नागरिकहरुको सहभागितामा वडा कार्यालयको सहयोगीको रुपमा काम गर्ने गरी टोल विकास संस्थाको गठन गरिएको जन्तेढुङ्गा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले जानकारी दिए ।
उपाध्यक्ष खड्काका अनुसार गाउँपालिकाले कार्यविधि तयार गरी सकेकाले पालिकाभित्रका सबै वडामा टोल विकास संस्था निर्माण गरिनेछ । टोल विकास संस्था स्थापनाका लागि कम्तिमा ४० घर अनिवार्य समेटिनुपर्ने प्रावधान रहेको छ ।