बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल रेडक्रस सोसाइटी खोटाङको ३६ औं जिल्ला सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी खोटाङको ३६ औं जिल्ला सभा सम्पन्न

रोदिक खबर

८, आषाढ २०८०
  • 15.2K
    SHARES
  • नेपाल रेडक्रस सोसाइटी खोटाङको ३६ औं जिल्ला सभा सम्पन्न

    मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी खोटाङको ३६ औ जिल्ला सभा सम्पन्न भएको छ । खोटाङको दिक्तेलस्थित शाखाको सभा हलमा एक कार्यक्रमका बिच शुक्रवार जिल्ला सभा सम्पन्न भएको हो । शाखाका मन्त्री छत्रकुमार बजिमयले  वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष लिलाबहादुर खत्रीले  आर्थिक प्रतिवेदन  प्रस्तुत गरेका थिए। 

    red1.jpg

    शाखाका सभापति ज्ञानेन्द्र जोशीको अध्यक्षता तथा हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख विमला राईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, खोटाङ उद्योग वाणिज्य संघका महासचिव अजय बस्नेत, नेपाल रेडक्रस सोसाइटीका निवर्तमान सभापति एवम् कोशी प्रदेश सदस्य कुमारसिं बस्नेत लगायतले शुभकामना दिएका थिए ।

    red2.jpg

    प्रकाशित मिति :आषाढ ८, २०८० शुक्रवार - २२:४९:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको