• ट्रेण्डिङ:

खोटाङमा विद्यार्थीलाई हेल्मेट लगाई दिएर ‘ट्राफिक सप्ताह’  कार्यक्रम शुरु

खोटाङमा विद्यार्थीलाई हेल्मेट लगाई दिएर ‘ट्राफिक सप्ताह’  कार्यक्रम शुरु

रोदिक खबर

१९, आषाढ २०८०
  • 13.0K
    SHARES
  • खोटाङमा विद्यार्थीलाई हेल्मेट लगाई दिएर ‘ट्राफिक सप्ताह’  कार्यक्रम शुरु

    खोटाङमा ‘ट्राफिक सप्ताह’ शुरु गरिएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला समन्वय समिति खोटाङको सभा हलमा मंगलवार भएको उद्घाटन कार्यक्रममा कार्यक्रमका अतिथिहरुले विद्यार्थीलाई हेल्मेट लगाई दिएर ‘ट्राफिक सप्ताह’ अभियान शुरु गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ‘ट्राफिक व्यवस्थापन कार्यालय सुनसरी आयोजनामा खोटाङमा ‘ट्राफिक सप्ताह’ शुरु गरिएको हो । 

    p1.jpg


    कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले साँघुरो बाटो र धेरै सवारी साधन जथाभावी सञ्चालन हुँदा दुर्घटना बढ्ने गरेकाले यसलाई नियन्त्रण गर्न अभियानले सहयोग पुग्ने बताए । उनले भने “सडक दुर्घटना कम गर्न व्यक्ति नै जागरुक हुनुपर्छ” । 

    जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले सडक जनताको आधारशीला भएकाले ध्यान दिएर सडकको प्रयोग गर्न आग्रह गरे । “सकडकलाई मायाँ गरौँ, सकारात्मक सोच राखौँ, सडक दुर्घटना घटाऔँ”, उनले भने– यात्रु, चालक र सडक प्रयोगकर्ता अनुशासित भए सडक दुर्घटनामा कमी आउन सक्छ । 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको सुधारका लागि नगरले पनि काम गरिरहेको बताउँदै यसमा साथ दिन सबैलाई आग्रह गरे । ट्राफिक जनचेतना सम्बन्धी जानकारी घरघर र टोलटोलमा दिनुपर्नेमा भट्टराईले  जोड दिए । 

    प्रमुख जिल्ला अधिकारी खतिवडाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङ, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्य, ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक हिमाल पौडेल, खोटाङ यातायात प्रालिका महासचिव राम हिङमाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

    यस्तै, ‘ट्राफिक सप्ताह’ अन्तर्गत २० गते दिक्तेलबजार तथा जिल्लाका विभिन्न स्थानमा तीव्र गति तथा पार्किङ निषेधको अवस्था चेकजाँच गर्ने, २१ गते मोटरसाइकल चालकलाई प्रशिक्षण र लेन अनुशासनको पालनाको चेकजाँच, २२ गते स्कूल वस तथा अटो चालकलाई प्रशिक्षण, आरक्षण सिटको कार्यान्वयन भए नभएको अनुगमन, तोकिए अनुसारको भाडादर कार्यान्वयन भए नभएको अनुगमन, मालवहाक गाडीमा क्षमताभन्दा बढि मालसामान ओसारपसार गरे नगरेको अनुगमन तथा कार्वाही गर्ने कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक हिमाल पौडेलले जानकारी दिए ।

    यस्तै, २३ गते सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको चेकजाँच, नियन्त्रण एवम् प्रशिक्षण कार्यक्र, २४ गते चालक, सहचालकको स्वास्थ्य र सवारीको यान्त्रिक चेकजाँच र यात्रुलाई प्रशिक्षण, २५ गते २५ गते समापन गर्ने कार्यक्रम रहेको प्रहरी सहायक निरीक्षक पौडेलले जानकारी दिए । 

    प्रकाशित मिति :आषाढ १९, २०८० मंगलवार - १४:५०:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको