• ट्रेण्डिङ:

दुर्घटना न्युनिकरणका लागि नयाँ प्रविधिद्वारा मापसेसँगै लापसे परीक्षण 

दुर्घटना न्युनिकरणका लागि नयाँ प्रविधिद्वारा मापसेसँगै लापसे परीक्षण 

रोदिक खबर

२५, आषाढ २०८०
  • 12.3K
    SHARES
  • दुर्घटना न्युनिकरणका लागि नयाँ प्रविधिद्वारा मापसेसँगै लापसे परीक्षण 

    दुर्घटना न्युनिकरणका लागि नयाँ प्रविधिद्वारा खोटाङमा मापसेसँगै लापसे परीक्षण अभियान शुरु गरिएको छ । ट्राफिक सप्ताहको छैटौँ दिन आइतवार दिक्तेलबजारको रत्नपार्क जिरो प्वइटमा एक कार्यक्रमकाबीच यात्रुवहाक बसका चालक, ट्याक्टर तथा मोटरसाइकल चालक गरी तीन जनाको मापसेसँगै लापसे परीक्षण गरेर अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरिक्षक हिमाल पौडेलले जानकारी दिए ।

    पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) तथा लागु पदार्थ सेवन (लापसे) गरेर सवारीसाधन चलाउने बढ्न थालेपछि ट्राफिक प्रहरीले सडकमा गुडिरहेका सवारी साधनका चालकलाई रोकेर मापसे र लापसे परीक्षण गरेको हो । लापसे परीक्षण जिल्लामै पहिलोपटक गरिएको हो ।

    1m.jpg

    जिल्लामा लापसे जाँच गर्ने किट भित्रिएसँगै सवारी चालकहरु मात्र होइन, अभिभावकले आफ्ना छोराछोरीले लागुपदार्थ सेवन गरे÷नगरेको घरमै जाँच्न सक्ने भएका छन् । लागु पदार्थ सेवन एक जटिल सामाजिक कुरीतिका रुपमा रहेको हुँदा यसलाई निर्मूल पार्नका लागि लापसे परीक्षण गर्ने किट भित्र्याएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी उपरीक्षक मञ्जिल मुकारुङले बताए ।

    ‘लागु पदार्थ सेवन गरे/नगरेको भनेर तत्काल प्रमाण जुटाउन नसक्दा प्रहरीलाई समस्या थियो’, मुकारुङले भने, ‘शंका लागेको व्यक्तिको किटको सहायताबाट पाँच मिटेनमै नतिजा निकाल्न सकिन्छ ।’ लापसे जाँच गर्न शुरु गरेपछि सवारी दुर्घटनामा मात्र कमी नभई घरमा अभिभावकलाई ढाँटेर, छल गरेर दुव्र्यसनमा फस्नेहरुको संख्यामा पनि कमी आउने मुकारुङको भनाइ छ । लागु पदार्थ सेवन परीक्षणका लागि प्रयोग गरिने किट भने निकै खर्चिलो छ ।

    3m.jpg

    आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ‘ट्राफिक व्यवस्थापन कार्यालय सुनसरी आयोजनामा भएको मापसे तथा लापसे परीक्षण कार्यक्रममा जिल्ला समन्यव समिति खोटाङका प्रमुख सनबहादुर राई, जिल्ला समन्यव समितिका उपप्रमुख सुरेशकुमार तामाङ, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, खोटाङ यातायात प्रालिका महासचिव राम हिङमाङ लगायतको उपस्थिति रहेको जनाएको छ ।

    यस्तै, १९ गते मंगलवारबाट शुरु भएको ‘ट्राफिक सप्ताह’ अभियान अन्र्तगत खोटाङमा प्रहरीले २० गते पार्किङ निषेधको अवस्था चेकजाँच, २१ गते मोटरसाइकल चालकलाई प्रशिक्षण र लेन अनुशासनको पालनाको चेकजाँच, २२ गते स्कूल वस तथा अटो चालकलाई प्रशिक्षण, आरक्षण सिटको कार्यान्वयन भए नभएको अनुगमन, तोकिए अनुसारको भाडादर कार्यान्वयन भए नभएको अनुगमन, मालवहाक गाडीमा क्षमताभन्दा बढि मालसामान ओसारपसार गरे नगरेको अनुगमन तथा कार्वाही लगायतका विविध कार्यक्रमहरु गरेको छ ।

    प्रकाशित मिति :आषाढ २५, २०८० सोमवार - ०८:१४:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको