खोटाङ । पोखरीमा डुवेर खोटाङमा एक जनाको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले चिचिङगाका ६२ वर्षीय केशरमान राईको मंगलवार पोखरीमा डुवेर मृत्यु भएको हो ।
स्थानीय पञ्चकाली पशुपालन कृषक समुहले बनाएको पोखरीमा राईलाई डुविरहेको अवस्थामा भेटिएकोे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।
स्थानीयवासीले पानीमा डुबेका ती राईलाई तत्काल उद्दार गरेपनि राईको मृत्यु भएको जनाइएको छ । मृतक राईको सव पोष्टमार्टका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।