साउन । खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडासहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा उनीमाथि भ्रष्टाचारको आरोप लागेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार खतिवडासहित तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृत कुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिल कुमार बुढाथोकीविरुद्ध चार लाख ७७ हजार ८९९ भ्रष्टाचार आरोप लागेको जानकारी दिए।
उपभोक्ता समितिका अध्यक्ष डिक कुमार धमला, सचिव दीपक प्रसाद धमला, कोषाध्यक्ष गोठी माया मगर, नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, भण्डार प्रमुख वीरबहादुर राई र नमामी सप्लायर्सका प्रोप्राइटर सञ्जीव कुमार यादवले खरिद नै नगरिएको सामग्री आयोजना सुरु हुनुभन्दा अघिको मिति राखी बिलमार्फत गरेको आरोप लागेको आयोगले जनाएको छ ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० मा आर्थिक वर्ष २०७५/०७६ मा विद्युतीकरणका लागि आवश्यक विद्युतीय सामग्री खरिदका क्रममा मिलोमतो गरी नक्कली बिल तथा कागजात बनाएर भ्रष्टाचार गरेको भन्दै सो नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेको समयमा गैर–कानूनी लाभ तथा हानी पु¥याइ भ्रष्टाचार गरेको ठहरसहित सिडिओ खतिवडासहित ११ जनाविरुद्ध जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
बढी भुक्तानी दिन लगाइएको रकम बराबरको बिगो कायम गरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खतिवडा, तत्कालीन इन्जिनियर दाहाल, तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक बुढाथोकी र वडाध्यक्ष धमलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ (२) बमोजिम कैद र जरिवाना गर्न माग दावी गरिएको अख्तियारले जनाएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खतिवडा गत असार–१७ गते जिल्ला प्रशासन कार्यालय सिरहाबाट खोटाङ सरुवा भएर आउनुभएको थियो ।