• ट्रेण्डिङ:

सप्तरीमा एक युवकको हत्या, एक घाइते

सप्तरीमा एक युवकको हत्या, एक घाइते

रोदिक खबर

१२, श्रावण २०८०
  • 7.1K
    SHARES
  • सप्तरीमा एक युवकको हत्या, एक घाइते

    सप्तरी । सप्तरीमा एक युवकको हत्या भएको छ । अर्का एक युवक घाइते छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज बिहान घर नजिकै हिलोमा फेला परेको र अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।

    ‘घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या नै भएको देखिन्छ । अर्का युवक घाइते छन् । घटना कति बेलाको हो त्यो खुल्न सकेको छैन,’ प्रवक्ता सिंहले भने । उनका अनुसार स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे अनुसन्धान गरिरहेको उनले बताए ।

    प्रकाशित मिति :श्रावण १२, २०८० शुक्रवार - ०९:५२:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको