• ट्रेण्डिङ:

आज पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

आज पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

रोदिक खबर

१२, श्रावण २०८०
  • 8.2K
    SHARES
  • आज पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

    देशभर मौसम बदली (आकाशमा बादल) र पानी पर्ने क्रम जारी छ। अहिले (शुक्रबार बिहान) पनि काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा भइरहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यतिबेला कोशी र बागमती प्रदेशका थोरै स्थान तथा मधेश, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो। ‘आज दिनभर मौसम खुल्ने सम्भावना देखिन्न’, उनले भने, ‘लगातार झरी नपरे पनि पानी पर्ने रोकिने, फेरि पर्ने क्रम चलिरहने देखिन्छ।’

    मौसम महाशाखाका अनुसार दिउँसो पनि देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने छ।

    प्रकाशित मिति :श्रावण १२, २०८० शुक्रवार - ०९:५६:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको