• ट्रेण्डिङ:

पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु

पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु

रोदिक खबर

२१, श्रावण २०८०
  • 10.7K
    SHARES
  • पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो । नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    गणेशकी श्रीमती घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । छोरा भने सकुशल रहेको मेयर महर्जनले जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - १०:२४:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको