• ट्रेण्डिङ:

आज देशभर वर्षाको सम्भावना,यी हुन् आज धेरै भारी वर्षा हुने भू–भाग

आज देशभर वर्षाको सम्भावना,यी हुन् आज धेरै भारी वर्षा हुने भू–भाग

रोदिक खबर

४, भाद्र २०८०
  • 7.4K
    SHARES
  • आज देशभर वर्षाको सम्भावना,यी हुन् आज धेरै भारी वर्षा हुने भू–भाग

     काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा भारी वर्षासमेत हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ ।

    कोसी र वाग्मती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । विभागका अनुसार आजराति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । भारी र धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले यी क्षेत्रका नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने विभागले जनाएको छ ।

    वर्षा र बाढीका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले सतर्क रहन भनेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर र मध्य प्रदेश तथा आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

    प्रकाशित मिति :भाद्र ४, २०८० सोमवार - ०७:५४:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको