शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

हलेसीबजारका ६ घर पहिरोको उच्च जोखिममा

हलेसीबजारका ६ घर पहिरोको उच्च जोखिममा

रोदिक खबर

८, भाद्र २०८०
  • 9.9K
    SHARES
  • हलेसीबजारका ६ घर पहिरोको उच्च जोखिममा

    खोटाङ । केही दिनदेखी लगातार परेको वर्षाका कारण खोटाङमा ६ घर पहिरोको जोखिममा परेका छन्। हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–७ महादेवस्थानका स्थानीयको ६ घर पहिरोको उच्च जोखिममा परेका हुन्।

    महादेवस्थानका स्थानीय कृष्ण कार्कीको बन्दै गरेको घर, डम्बर कार्की, कमानसिं रार्ई, बलबहादुर राई, केशव परियार र दिपक परियारको घरमुनीबाट पहिरो गएको र रमेश बस्नेतको घर माथिबाट आएको पहिरोको कारण उच्च जोखिममा परेको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष तथा नगर प्रवक्ता कमल गिरीले जानकारी दिए।

    पहिरोका कारण घर जोखिममा परेपछि नगरपालिकाबाट त्रिपाललगायतका सामग्री लिएर जाने तयारी भइरहेको उनको भनाई छ। पहिरोमा लेदो बगीरहेकाले थप जोखिम हुने स्थिति रहेकाले सचेत हुनसमेत भनिएको गिरीको भनाई छ ।

    यस्तै, केपिलासगढी गाउँपालिकाको खातम्छा र फेदी जोड्ने सडकमा पहिरो खस्दा यातातात बन्द भएको छ। त्यही सडक भएर पारिपट्टी रहेको कुहुँडाँडा मावि जाने विद्यार्थीलाई सडक बन्द भएपछि वारीपट्टी रहेको शुक्रजित माविमा पढ्ने वातावरण मिलाइएको गाउँपालिका अध्यक्ष समीर राई जानकारी दिए।

    प्रकाशित मिति :भाद्र ८, २०८० शुक्रवार - ११:०९:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको