खोटाङ । भारी वर्षाका कारण जल तथा मौसम विज्ञान विभागले दूधकोशी र सुनकोशीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
शुक्रबार बिहान ३.३० बजे दूधकोसी नदी रभुवाबजार बाढी मापन केन्द्र, ओखलढुंगामा जल सतह सतर्कता तह पार गरेको र बढ्दो रहेको जानकारी दिँदै विभागले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको हो। विभागले दूधकोशी र सुनकोशी दोभानसम्मको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।