काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनपछि आज सुनको मूल्य ६०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन तोलामा एक लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिका चार दिन सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।