• ट्रेण्डिङ:

शुक्रबारदेखि तातोपानी नाका खुल्ने

शुक्रबारदेखि तातोपानी नाका खुल्ने

रोदिक खबर

१४, भाद्र २०८०
  • 9.5K
    SHARES
  • शुक्रबारदेखि तातोपानी नाका खुल्ने

     सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो ।

    गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

    “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ”, उनले भने । विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

    प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए । उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् । रासस

    प्रकाशित मिति :भाद्र १४, २०८० बिहिवार - २१:५०:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको