बिहिवार, कार्तिक १३ गते २०८३

कसैलाई पछि नपारौं/नछोडौं परियोजनाले गर्‍यो मिडिया अभिमुखीकरण कार्यक्रम

कसैलाई पछि नपारौं/नछोडौं परियोजनाले गर्‍यो मिडिया अभिमुखीकरण कार्यक्रम

रोदिक खबर

१६, भाद्र २०८०
  • 10.5K
    SHARES
  • कसैलाई पछि नपारौं/नछोडौं परियोजनाले गर्‍यो मिडिया अभिमुखीकरण कार्यक्रम

    खोटाङ । कसैलाई पछि नपारौं/नछोडौं परियोजना कार्यान्वयनका लागि खोटाङको दिक्तेलमा एक दिने मिडिया अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

    विभेद, अन्याय, बञ्चितिकरण र बहिष्करणमा परेका जोखिम वर्ग तथा समूहको पहुँच स्थापित गराउने लक्ष्यका साथ युएनडीपीको सहयोगमा बाल सेवा समाज नेपाल खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालनमा ल्याएको कसैलाई पछि नपारौं/नछोडौं परियोजना कार्यान्वयनकै क्रममा शुक्रबार मिडिया अभिमुखीकरण कार्यक्रम गरेको हो।अभिमुखीकरण कार्यक्रमको सहजीकरण परियोजनाका प्रबन्धक युवराज रिजालले गरेका थिए ।

    अभिमुखीकरणमा सहभागी स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा आवद्ध पत्रकारले विपन्न परिवार, दलित, एकल महिला, अपांगता भएका व्यक्ति वा ज्येष्ठ नागरिकको सवालमा दुई महिनाभित्र एक/एक समाचार प्रकाशन/प्रशारण गर्ने कार्ययोजना बनाइएको छ ।

    बालसेवा समाजकी अध्यक्ष चन्द्रकला भुजेलको अध्यक्षतामा सम्पन्न भएको मिडिया अभिमुखीकरण कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले उद्घाटन गरेका थिए ।

    परियोजनाले यसअघि नगरपालिकाका जनप्रतिनिधि तथा विभिन्न संघ संस्थामा आवद्ध सरोकारवालालाई अभिमुखीकरण र सामाजिक समावेशीकरण सम्बन्धी तालिम प्रदान गरिसकेको छ । केही समयपछि राजनीतिक दललाई सहभागी गराएर अभिमुखीकरण सञ्चालन गरिने परियोजनाले जनाएको छ ।

    विभेद, अन्याय, बञ्चितिकरण र बहिष्करणमा परेका जोखिम वर्ग तथा समूहको पहुँच स्थापित गराउने लक्ष्यका साथ युएनडीपीको सहयोगमा बाल सेवा समाज नेपाल खोटाङले लिभ नो वन बिहाइण्ड परियोजना सञ्चालनमा ल्याएको हो । अति विपन्न परिवार, दलित, एकल महिला, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै नगरपालिकाका १५ वटै वडामा कसैलाई पछि नपारौं/नछोडौं परियोजना सञ्चालनमा ल्याइएको हो ।

    सामाजिक, आर्थिक, राजनीतिक, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, शैक्षिक, लैंगिक, जातीय, भाषिक, वर्गीय, धार्मिक वा अन्य कारणले विभेद, अन्याय, बञ्चितिकरण र बहिष्करणमा परेका जोखिम वर्ग तथा समूहको पहिचान गर्ने कार्यमा सरोकारवालाहरुको बुझाइमा एकरुपता ल्याउने उद्धेश्यका साथ परियोजना सञ्चालनमा ल्याइएको परियोजना प्रबन्धक रिजालले जानकारी दिए ।

    परियोजनामार्फत अधिकार, सेवा, सामाजिक सञ्जाल र विकास योजना प्रक्रियाहरूमा जोखिममा परेका समूहको अर्थपूर्ण सहभागिता र पहुँचमा सुधार गर्न सहयोग गर्ने लक्ष्य राखिएको छ ।

    गत साउन १ गतेदेखि आगामी पुस मसान्तसम्म सञ्चालन हुने परियोजनाले प्रत्यक्ष रुपमा १२० जना र अप्रत्यक्ष रुपमा ३०६ जना जोखिममा परेका वर्ग र समुदायका लागि काम गर्ने परियोजना प्रवन्धक रिजालले बताए । परियोजना अवधिमा १८ लाख बजेट खर्च हुने बालसेवा समाजले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १६, २०८० शनिवार - १२:११:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको