साकेला । साकेला गाउँपालिकाले फोहोरमैलाको दिगो व्यवस्थापनगरि पालिकालाई सरसफाईमैत्री पालिका निर्माण गर्न बजार, पार्क, सार्वजनिक स्थल तथा कार्यालयहरुमा डस्टविन राख्न सुरु गरेको छ । गाउँपालिकालाई सुसंस्कृत, संस्थागत र सर्मृद्ध बनाई पूर्ण रुपमा सरसफाईमैत्री पालिकाु निर्माण गर्ने भावि लक्ष्य लिईएको छ ।
आज बुधबार गाउँपालिका प्रमुख रवि प्रकाश राईको नेतृत्वमा पालिकाको मानेभञ्जयाङदेखि नौलाखर्क सम्मको बजार, पार्क तथा सडकमा फ्यालिएका फोहोरमैला हटाउनुका साथै पूर्ण रुपमा सरसफाई गरिनुका साथै आवश्यक पर्ने र बढी जनघनत्व हुने ठाउँमा डष्टविन राखेको छ ।
पालिकाले सबै वडा अन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिकस्थल, सडक तथा पार्कहरुमा फोहोरमैला व्यवस्थापनका लागि डस्टविन राख्ने तयारी समेत गरेको छ । उक्त स्थानहरुमा केही दिनभित्रैडस्टविन राखिने जनाईएको छ । डष्टविनमा संकलन गरिएको फोहोरमैलालाई पालिकाले डम्पिङ साईडमा लगेर व्यवस्थापन गर्नेछ ।
फोहोरमैला व्यवस्थापनका लागि साकेला गाउँपालिका(३ खिदिमामा जग्गाको समेत व्यवस्थापन भईसकेको र डम्पिङ साईड निर्माणको तयारी भईरहेको गाउँपालिका अयक्ष राईले बताए ।
पालिकाले सुरु गरेको फोहोरमैला व्यवस्थापन कार्यलाई सहयोग गर्न स्थानीय नागरिकहरु समेत अग्रसर भएर लागि परिरहेका छन् । पालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाउन सरकारले चाहेर मात्र हुँदैन, नागरिक आफै अग्रसर र जिम्मेवार बन्नुपर्छ, अनिमात्र हामीले देखेको सपना पुरा हुन्छ,-अध्यक्ष राईले भने, सपना देखिसकेपछि योजना बनाएर काम गर्नुपर्छ यसका लागि नागरिकले साथ दिनुपर्छ ।
गाउँपालिकास्थित पूर्ण सरसफाई कार्यक्रमको आयोजनामा भएको सरसफाई कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षाकर्मी, स्थानीय व्यापार व्यवसायीहरु र सरोकारवाला नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
फोहोरमैला व्यवस्थापन र पूर्ण सरसफाईको कार्य पालिकाका सबै वडा र टोल तथा बस्तीहरुमा नियमित रुपमा गरिँदै लगिने गाउँपालिकाका प्रवक्ता जीवन खत्रीले जानकारी दिए। सरसफाईमैत्री स्थानीय तह बनाउन पालिकाले गर्ने हरेक गतिविधिप्रति जागरुक भएर सहयोग गरिने सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् ।