• ट्रेण्डिङ:

काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष रिजालको निधन

काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष रिजालको निधन

रोदिक खबर

२१, भाद्र २०८०
  • 8.7K
    SHARES
  • काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष रिजालको निधन

    काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।

    उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

    गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् । महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।

    प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - ०९:००:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको