• ट्रेण्डिङ:

गएरातिबाट बढेको पेट्रोलियम पदार्थको मूल्य घट्यो, आजै रातिबाट लागु हुने

गएरातिबाट बढेको पेट्रोलियम पदार्थको मूल्य घट्यो, आजै रातिबाट लागु हुने

रोदिक खबर

१४, आश्विन २०८०
  • 14.2K
    SHARES
  • गएरातिबाट बढेको पेट्रोलियम पदार्थको मूल्य घट्यो, आजै रातिबाट लागु हुने

    काठमाडौं । गएरातिबाट बढेको पेट्रोलियम पदार्थको मूल्य आजै रातिदेखि लागु हुनेगरी घटेको छ । हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२ बजेबाट लागु हुने गरी फिर्ता लिइएको आयल निगमले जनाएको छ ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । शनिबार राति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो । खाना पकाउने एलपी ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ ।

    यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको थियो । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सोहीअनुसार वृद्धि गरिएको निगमले जनाएको थियो ।

    petrol-1696150122.jpg

    प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - १५:३१:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको