• ट्रेण्डिङ:

संघीय निजामती विधेयकविरुद्ध स्थानीय तहका कर्मचारी सडक आन्दोलनमा

संघीय निजामती विधेयकविरुद्ध स्थानीय तहका कर्मचारी सडक आन्दोलनमा

रोदिक खबर

१५, आश्विन २०८०
  • 8.6K
    SHARES
  • संघीय निजामती विधेयकविरुद्ध  स्थानीय तहका कर्मचारी  सडक आन्दोलनमा

    काठमाडौं । संघीय निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुका मुद्दाहरु सम्बोधन गर्न दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलन थालेका छन् । सोमबार माइतीघर मण्डालामा धर्ना दिँदै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले सडक आन्दोलन सुरु गरेको हो ।

    उनीहरुले निजामतिको सेवा भित्र स्थानीय तहका कर्मचारीलाई पनि समेट्नुपर्ने माग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै नै हुने व्यवस्था लागु गर्नुपर्नेसहित स्थानीय सेवाबाट प्रदेश र संघीय निजामति सेवामा प्रवेश गर्न उमेरहद लागु हुन नहुने, समायोजन भएकाहरुको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने माग समेत राखेर काठमाडौं केन्द्रित आन्दोलन गर्न सुरु भएको हो ।

    सेवाअवधि गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग पनि उनीहरुको छ ।

    स्थानीय तहमा पनि ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तरत सरुवा लागु हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने, तीन तहकै कर्मचारीलाई समान वृत्ति विकासको अवसर दिनुपर्ने, स्थानीय तहमा कर्मचारी कल्याण कोष अनिवार्य गर्नुपर्ने माग उनी स्थानीय तहका कर्मचारीको छ । स्थायी र करारका कर्मचरीको उचित व्यवस्थापन गर्ने समेत संघर्ष समितिको माग छ ।

    प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - १४:५२:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको