खोटाङ । गोरु काटेर सामुहिक भोज खान/खुवाउनमा संलग्न खोटाङका चारजना १५ दिनपछि रिहा भएका छन् । गोरु काटेर सामुहिक भोज खान र खुवाउनमा संलग्न भएको अभियोगमा गत असोज–९ गते पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ४० वर्षीय तेजबहादुर तामाङ, २१ वर्षीय डिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौंचुरका २७ वर्षीय बादल गुरुङ मङ्गलबार तारेखमा रिहा भएका हुन् ।
जिल्ला अदालतको आदेशमा तेजबहादुर सामान्य तारेखमा र अन्य तीनजना दश÷दश हजार धरौटीमा छुटेको प्रहरीले जनाएको छ । मङ्गोल नेशनल अर्गनाइजेसन (डिजिजी) को अगुवाइमा असोज–८ गते गोरु काटेर सामुहिक भोज खान र खुवाउन संलग्न भएको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको थियो ।