• ट्रेण्डिङ:

खोलाको दहमा डुबेको अवस्थामा राई मृत फेला

खोलाको दहमा डुबेको अवस्थामा राई मृत फेला

रोदिक खबर

२४, आश्विन २०८०
  • 12.2K
    SHARES
  • खोलाको दहमा डुबेको अवस्थामा राई मृत फेला

    सांकेतिक तस्विर :

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ५० वर्षीय डिककुमार राई खोलामा डुबेको अवस्थामा मृत फेला परेका छन् । प्रायः मादक पदार्थ सेवन गरेर हिँड्ने गरेका राई बुधबार घरभन्दा पाँच सय मिटर टाढा रहेको भालु खोलाको दहमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक बेनु कार्कीले बताए ।

    मंगलबार साँझदेखि घरबाट हिँडेका राईलाई खोलामा ढुंगा फुटाउने कामदारले दहमा मृत फेला पारेका थिए । मृतकको शव कानमा चोट लागेको अवस्थामा फेला परेको हो । शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

    घट्नास्थलमा राईले फुकालेर राखेको कपडा, जोर चप्पल र चप्पलमाथि मडुवा खैनी राखेको फेला परेको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन २४, २०८० बुधवार - २०:४५:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको